विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको नागरिकता विधेयक जस्ताको तस्तै पास गरेर सरकारले उद्दण्डता देखाएको र अझ माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको राजीनामा मागेकोमा समेत आपत्ति जनाउनु भएको छ ।
शनिबार विराटनगर बिमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले भन्नुभयो ‘प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?’
ओलीले सरकारले अनावश्यक तनाव मात्र बढाउन खोजेको बताउँदै यो विधेयक फिर्ता लिएर ‘जन्मसिद्ध नागरिकताका सन्तानले नागरिकता पाउने छन्’ भनेर संशोधन ल्याउन आग्रह गर्नुभयो ।
राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेर सत्तापक्षले उदण्डता देखाएको उहाँकाे भनाइ थियाे ।
अध्यक्ष ओली भन्नुभयो, ‘संसदभन्दा बाहिरै निर्णय गरेर छक्का हानेर रिङ आउट गरिदिन्छौं, सुन्दा पनि सुन्दैनौं, राष्ट्रपतिले विचारार्थ पठाएका प्रस्तावलाई हेर्दा पनि हेदैनौं भनेर पास गरेर उदण्डता देखाउने ?’
प्रचण्डले यस अघि पोखरामा सम्बोधन गर्दै नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताउनु भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका