गठबन्धनका दलले खेलको नियम मिचेका छन् : पूर्वमुख्यमन्त्री राई

Read Time = 4 mins

भोजपुर । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले खेलको नियम मिच्ने दलहरुलाई आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रनिनिधीसभा निर्वाचनबाट दण्डीत गर्नु पर्ने बताउनु भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल भोजपुरको सदरमुकाममा भएको जिल्ला स्तरीय भेला तथा बिस्तारित बैठकलाई सम्वोधन गर्दे एमाले स्थायी कमिटि सदस्य समेत रहनु भएका राईले एमालेलाई घेरावन्दीमा पारेर गठबन्धनका दलले राष्ट्रियतामा आँच पुग्ने काम गरी रहेको आरोप समेत लगाउनुभयो । राष्ट्रियतामा आँच आउने गरी नागरिकता ऐन ल्याउने, करका दायरामा हेरफेरको प्रयास, संघीयता माथि प्रश्न उठाउने काम अहिलेको गठबन्धनबाट हुँदै आएको भन्दै राईले मंसिर ४ मा जनताको मतबाट यस्ता कार्य गर्नेहरुलाई सही ट्रयाकमा ल्याउनु पर्ने बताउनु भयो ।
खेलको नियम एमालेले मात्र मानेको भन्दै अर्को पक्षले खेलको नियम मिचेको आरोप समेत लगाउनुभयो । राईले भन्नुभयो, “खेलको नियम मिचिएको छ, एमालेलाई जवरजस्त घेरावन्दीमा पार्दै ६ जना मात्र कोर्टमा खेल्नु पर्ने अवस्थामा भलिवल खेलको नियम भन्दा बाहिर गएर १२ देखि १५ जनाले खेल खेल्ने काम भई रहेको छ ।” नियम मिचेर खेल खेल्नेहरुलाई न्यायलयले पनि दण्डीत गर्न नसकेकोले नियमित विपरीत खेलमा सहभागी भएका खेलाडीहरुलाई आगामी निर्वाचनमा दण्डीत गरिनु पर्ने राईको भनाइ थियो ।

राज्य आतंक, महगी, भष्ट्राचार लगायतका राज्य बिरोधी गतिविधिहरुमा खवरदारी गर्ने कार्य युवा संघले गर्दे आई रहेको बताउँदै राईले आजको अभिभारा र परिस्थिती अनुसार ऐतिहासिक अभिभारा निर्वाह गर्न युवा संघलाई आग्रह समेत गरे । आगामी निर्वाचनमा एउटा मतदान केन्द्रमा सय जनाको दरले युवाहरुले बुथको सुरक्षा समेत गर्नु पर्ने राईले बताउनुभयो ।

भेला तथा बैठकले मंसिर ४ को निर्वाचलाई केन्द्रित गरेर बिविध निर्णयहरु गर्ने युवा संघका जिल्ला अध्यक्ष बिमल रणपहेलीले जानकारी दिनुभयो । जारी भेला तथा बैठकमा प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटि सदस्य राई, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज हरिबहादुर राई, युवा संघका केन्द्रिय महासचिव क्षितिज थेवे, जिल्ला अध्यक्ष शरण कुमार राई लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । भेलामा जिल्लाका साथै ९ वटै स्थानीय तहको ८१ वटा वडाबाट युवाहरुको सहभागिता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?