जयराम र राजेन्द्र पहिलो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कीर्तिपुर नगरपालिका-६ का जयराम महर्जन र ललितपुर महानगरपालिका-११ का राजेन्द्र बज्राचार्य दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगितामा पहिलो हुनुभएको छ । पुरुष भेट्रान सिंगल्सको ४० वर्षमाथि जयराम र ५० वर्षमाथि राजेन्द्र पहिलो हुनुभएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ४० वर्षमाथि फाइनलमा जयरामले ललितपुर-१६ का राजु शाक्यलाई १४-१२, ११-९ र ११-४ को सोझो सेटमा पराजित गर्नुभयो । काठमाडौं महानगरपालिका वडा २५ का रञ्जित मल्ल र काठमाडौं-२ का उमेश मानन्धर तेस्रो हुनुभयो ।

स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले बुढानीलकण्ठ नगरपालिका वडा १ का कपुर शर्मा पौडेललाई ११-९, १३-११, ९-११ र ११-८ को सेटमा हराउनुभयो । ललितपुर-१६ का प्रकाश धाक्वा र ललितपुर-११ का नदिमरत्न शाक्य तेस्रो बन्नुभयो ।

पाँच स्पर्धा समावेश प्रतियोगितामा अब पुरुष/महिला सिंगल्सको फाइनल हुन बाँकी छ । पुरुष सिंगल्समा लमजुङ/१९ का विनेश खनियाँ र ललितपुर-१६ का संयोग कपालीले फाइनलमा स्थान सुरक्षित गर्नुभएको छ । महिला सिंगल्समा संखुवासभा वडा ४ की वियंका राई र ललितपुर-१२ की इभाना थापामगर फाइनलमा पुग्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?