काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
बंगलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गर्नुभयो भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक÷एक गोल गर्नुभयो । खेलको तेस्रो मिनेटमा मोनिकाले गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाउनुभयो । त्यस्तै खेलको २८ औं मिनेटमा शोप्नाले गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिनुभयो । खेलको ३१ औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता तेब्बर पार्नुभयो ।
खेलको ३५ औं मिनेटमा सबिनाले व्यक्तिगत दोस्रो गोल गर्दा ५९ औं मिनेटमा सबिनाले थप एक गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो । त्यसपछि खेलको ७७ औं मिनेटमा रितुले गोल गर्दै बंगलादेशलाई ६-० को जित दिलाउनुभयो । बंगलादेशको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई ३-० ले पराजित गरेको थियो । पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पाकिस्तानले भारतसँग ३-० गोलको हार व्यहोरेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका