काठमाडौं । भुटानले श्रीलंकालाई पराजित गर्दै महिला साफ च्याम्पियनसिपमा पहिलो ऐतिहासिक सफलता हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानमा भएको समूह चरणको खेलमा भुटानले श्रीलंकालाई ५-० गोलअन्तरले पराजित गर्दै ऐतिहासिक जित हात पारेको हो । भुटानले यसअघि खेलेका महिला साफ च्याम्पियनसिपमा कुनै पनि खेलमा जित हात पार्न सकेको थिएन ।
सन् २०१० मा बंगलादेशमा भएको पहिलो संस्करणको साफ च्याम्पियनसिपमा भुटानले श्रीलंकासँग १-१ गोलको बराबरी खेलको थियो, त्यो नै भुटानको उत्कृष्ट नतिजा रहेको थियो ।
भुटानको जितमा डेखी लाजोमले दुई गोल गर्नुभयो भने न्याम्गेल डेमा, छिरिङ लादेन र छिरिङ याङ्देनले १/१ गोल गर्नुभयो । यस जितसँगै शीर्ष तीन अंक जोडेको भुटानको सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनेको छ । यसअघि भुटान नेपालसँग ०-४ गोलअन्तरले पराजित भएको थियो । श्रीलंकाले भने हारबाट प्रतियोगिताको उद्घाटन ग¥यो । अब श्रीलंकाले समूह चरणको खेलमा नेपालसँग भिड्नेछ । उक्त खेल यही भदौ २७ गते हुनेछ ।
पहिलो ऐतिहासिक जितसँगै भुटान साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सन् २०१० बाट सुरु भएको च्याम्पियनसिपको आफ्नो १५औं खेलमा प्राप्त जितले भुटानलाई पहिलोपटक अन्तिम चारको यात्रा तय गराएको छ । नेपाल र श्रीलंकाबीच सोमबार हुने खेलमा जुन परिणाम आएपछि भुटान भने सेमिफाइनल पुगेको छ । पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो ।
श्रीलंकालाई हराउन सके नेपाल समूह ‘बी’ को विजेता र भुटान उपविजेता बन्नेछ । श्रीलंकासँग बराबरीमा रोकिए पनि नेपाल समूह विजेता नै बन्नेछ । नेपाल श्रीलंकासँग पराजित भएको अवस्थामा तीनै टोलीको समान तीन अंक हुनेछ । त्यो अवस्थामा प्रतियोगिताको नियमावलीअनुसार नेपाल र श्रीलंकामध्ये एक गोलअन्तरका आधारमा अन्तिम चारमा पुग्नेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका