साताभर सेयर बजारमा उच्च गिरावट

Read Time = 1 min

काठमाडौं । साताभर सेयर बजार ३२.८८ अंकले घटेको छ । आइतबार १९७०.६२ अंकमा खुला भएको नेप्से अन्तिम दिन बिहीबार १९३७.७४ अंकमा बन्द भएको हो । नेप्सेसँगै कुल बजार पुँजीकरण पनि घटेर २७ खर्ब ७९ अर्ब रुपैयाँमा झरेको छ ।

गत साता २८ खर्ब २६ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण ४७ अर्ब रुपैयाँले घटेको हो । सातामा पाँच कारोबार दिन भएको सेयर कारोबारमा औसतमा एक अर्ब एक करोडले पाँच अर्ब पाँच करोडको कारोबार भएको छ । गत साता दैनिक औसतमा एक अर्ब २६ करोडको कारोबार भएको थियो । यस साता दैनिक औसत कारोबार रकम १९.८९ प्रतिशतले घटेको हो ।

सातामा १३ वटै समूहगत सूचक घटेका छन् । व्यापार सर्वाधिक ४.९७ प्रतिशत, निर्जीवन बीमा सबैभन्दा कम ०.४७, अन्य ४.९६, लगानी २.९१, जलविद्युत १.७६, फाइनान्स १.४४, लघुवित्त १.३९, बैंकिङ १.२१, लाइफ इन्स्योरेन्स १.११, होटल तथा पर्यटनमूलक १.१० प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?