निजी क्षेत्रसँग सहकार्य गर्न एडिबीलाई आग्रह

Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रवद्र्धित ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन एशियाली विकास बैंक(एडिबी) लाई आग्रह गर्नुभएको छ । काठमाडौंमा एडिबीका उपाध्यक्ष अशोक लाभासासँगको भेटमा उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘मुलुकको विकासमा पूर्वाधारको महत्वपूर्ण भूमिका रहन्छ । यहाँहरूले यस्ता पूर्वाधारको क्षेत्रमा लगानी बढाउँदा पूर्वाधार विकासमा सहयोग पुग्नुका साथै मुलुकको समग्र विकासमा समेत ठूलो योगदान पुग्न सक्छ ।

निजी क्षेत्रद्वारा प्रवद्र्धित ठूला-ठूला पूर्वाधारका परियोजनामा लगानीका प्रशस्त सम्भावना छन् । स्रोत अभावमा निजी क्षेत्रले ठूला-ठूला पर्यटन, जलविद्युत्, सडक, होटललगायतका पूर्वाधारमा लगानी गर्न सकेको छैन । यस क्षेत्रमा एशियाली विकास बैंकले लगानी विस्तार गर्नुपर्‍यो ।’

सो अवसरमा एडिबी उपाध्यक्ष लाभासले एडिबी नेपालको निजी क्षेत्रसँग सहकार्य गरी सम्भावना रहेका पूर्वाधारका परियोजनामा लगानीका लागि तयार रहेको बताउनुभयो । भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा एडिबीका अन्य प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?