एसएस फाउण्डेशनद्वारा विद्यालयलाई सहयोग

Read Time = 1 min

काठमाडौं । एसएस फाउण्डेशनले दोलखाका तीन विद्यालयलाई दुई सय ९८ स्कुल ब्याग सहयोग प्रदान गरेको छ । राप्रपा केन्द्रीय सदस्य शोभित उप्रेती र राप्रपाका नेता दिलविकास राजभण्डारीले मदनदास श्रेष्ठ र दोलखा नेकपा एमालेका उपाध्यक्ष राजेन्द्र मानन्धरलाई ब्याग हस्तान्तरण गर्नुभएको हो । तिखतल प्रावि, त्रिपुरा सुन्दरी निमावि र तम्राकौशिक विद्यालयका विद्यार्थीलाई ब्याग हस्तान्तर गरिने फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनले कोरोनाको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री पनि सहयोग गरेको थियो । फाउण्डेशनका अध्यक्ष श्रेष्ठले यसअघि डोटीको केआई सिंह गाउँपालिका–४ स्थित झिमे मालिका विद्यालयलाई २२ र दोलखाका विभिन्न गाउँपालिकाअन्तर्गत १० वटा विद्यालयलाई पनि २१ थान ब्याज हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?