तम्घास बृहत खानेपानीको अध्यक्षमा श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 3 mins

रमेश विश्वकर्मा/हिटा
गुल्मी । तम्घास बृहत खानेपानी उपभोक्ता समिति तम्घास गुल्मीको अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस उपभोक्ता समितिको सातौं साधारण सभा तथा अधिवशेनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । त्यस्तै, अधिवशेनबाट उपाध्यक्षमा श्यामकुमार पाण्डे, सचिवमा दुर्गाप्रसाद पाण्डे, कोषाध्यक्ष रामप्रसाद पन्थी, सहसचिव सीता विकलगायत निर्वाचित हुनुभएको छ । सदस्यहरूमा नमोनारायण पन्थी, लीला गिरी, कृष्णप्रसाद पोख्रेल, कृष्णकुमार श्रेष्ठ, युवराज भण्डारी, इश्वरी प्रसाद पौडेल, राजकुमार श्रेष्ठ, झविलाल पाण्डे, जिवलाल पन्थी, बाबुराम पन्थी र उत्तमबहादुर कुँवर रहनुभएको छ ।

सदरमुकाम तम्घासमा भएको सातौं साधारणसभा तथा अधिवशेनको उद्घाटन गर्दै रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले खानेपानी जीवन र स्वास्थ्यसँग जोडिएको बताउनुभयो । उहाँले खानेपानी जस्तै निकै संवेदनशिल क्षेत्रमा आवश्यक सम्पूर्ण काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा तम्घास बृहत खानेपानी उपभोक्ता समितिका पूर्व अध्यक्ष डिल्लीराज भुसाललाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । तम्घास बृहत खानेपानी उपभोक्ता समितिका निवर्तमान अध्यक्ष भुवनप्रसाद श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा उपभोक्ता समितिहरूको तर्फदेखि धनबहादुर श्रीस, रेसुंगा नगरपालिकाका पूर्व नगरप्रमुखसमेत रहनुभएका डिल्लीराज भुसाल, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । श्यामकुमार पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा दुर्गाप्रसाद पाण्डेले कोषाध्यक्षको प्रतिवेदन तथा राजेन्द्रप्रसाद श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्दै सचिवको प्रतिवेदनसमेत प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवर, महिला नेतृ विष्णुकुमारी सापकोटालगायत उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । २०२४ सालमा २१ धारा सञ्चालन गरी स्थापना गरिएको यस खानेपानी योजनाबाट हाल ६९१ र अन्य उपभोक्ता समितिमार्फत १२५ गरी ८१६ धाराबाट करिब ११ हजार नगरबासीले उपभोग गर्दै आइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?