राप्रपा नेपालका उपाध्यक्ष राय एमाले प्रवेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय एमाले प्रवेश गर्नुभएको छ । रायलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले शनिबार पार्टीमा स्वागत गर्नुभएको हो ।

एमाले प्रवेश गर्न राय ओलीनिवास बालकोट पुग्नुभएको थियो । सल्यान जिल्लाको शारदा नगरपालिका-३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएको थियो । एमाले पोलिटब्युरो सदस्य गुलाबजंग शाहको उपस्थितिमा पार्टी प्रवेश गराइएको एमालेले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?