सुनसरी । अघिल्ला वर्षहरूमा जुट (सनपाट) खेतीबाट मनग्ये आम्दानी गर्ने सुनसरीका अधिकांश किसानहरू यतिबेला भने उत्पादनबाट सन्तुष्ट छैनन् । मलको अभावमा उत्पादनमा कमी आएसँगै उनीहरूमा निराशा बढ्दो छ । समयमै मल नपाएको पीडा झेलेका किसानहरू उत्पादनसमेत घट्न पुग्दा थप चिन्तामा छन् । उत्पादन भएको जुटको मूल्यमा पनि गिरावट आएपछि आफूहरूको रुचिसमेत सो खेतीमा घट्दै गएको किसानहरूको भनाइ छ ।
भारतबाट महँगो मूल्य तिरेर मल खरिद गर्दा सो खेतीमा लागत बढ्न गएको तर आम्दानी कम हुने गरेको उनीहरूको पीडा छ । सुनसरीको भोक्राहाका खुसीलाल उराँव भन्नुहुन्छ, ‘सरकारले मल दिनै सक्दैन । दिन्छु भन्छ तर ६ महिनामा एकपल्ट दियो भने त्यो पनि सबैले पाउनै मुस्किल छ । अनि कसरी हुन्छ । मार्कामा पर्ने त जसरी पनि हामी किसान नै हौँ ।’
खुसीलाल जस्तै रामकृपाल मेहताको समेत सरकारप्रति चरम असन्तुष्टि छ । जुट खेती गर्दै आउनुभएका उहाँ कामदार महँगो मात्र नभई मलखाद नेपालमा नपाउँदाको पीडा सुनाउनुहुन्छ । नेपालमा मल पाइहाले डिलरवालाले ठूलाबडालाई बेच्ने गरेको उहाँको गुनासो छ । रामकृपाल भन्नुहुन्छ, ‘पेसा छोड्न अन्य विकल्प छैन । भारतबाट महँगो मूल्य तिरेर पर्याप्त मल हाल्नसमेत गाह्रो छ । जसको प्रभाव उत्पादनमा कमी स्वाभाविक हो । तर पनि बाध्य छौँ । जसले खर्च धान्नै धौधौ छ ।’
विगतका वर्षको दाँजोमा जुट खेतीमा आकर्षण कम हुँदै गए तापनि केही किसान भने जसोतसो पेसा धानिरहेका देखिन्छन् । लागत मूल्य बढ्दै जाँदा आम्दानी घटेर निराश देखिए पनि किसानहरूमा सरकारले मलखादको सहजता दिलाओस् भन्ने चाहना भने ज्यूँका त्यू छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका