दार्चुला बाढीपहिरो : मृतकका परिवारलाई एक लाख दिने प्रदेश सरकारको घोषणा

हिमालय टाइम्स
Read Time = 1 min

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले प्रदेश सरकारका तर्फबाट उक्त रकम दिने घोषणा गर्नुभएको हो ।

यस्तै बाढीपहिरोमा परी घाइते भएकाहरूलाई उपचारका लागि जनही ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

अविरल वर्षापछिको बाढीपहिरोमा परी यहाँ पाँच जनाको मृत्यु भएको छ । १० जना बेपत्ता छन् । आठ जना घाइते भएका छन् ।

बाढीपहिरो प्रभावितका लागि राहत र उद्धार सामग्री लिएर मन्त्री रावलसहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली शनिबार दार्चुला पुगेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?