महाभियोग सिफारिस समितिको बैठक बस्दै

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा अपरान्ह १२ः३० बजे सिफारिस समितिको बैठक बस्न लागेको हो । तीन दिनमा जम्मा ११ प्रश्नको जवाफ मागेको छ ।

अझै ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिन बाँकी रहेको महाअभियोग सिफारिस समितिका सभापति तथा नेपाली कांग्रेसका सांसद रामबहादुर बिष्टले जानकारी दिनुभयो । समितिसमक्ष चोलेन्द्रले आफ्नो जवाफ दिइरहेका छन्। महाअभियोग सिफारिस समितिमा ११ सदस्य छन् ।

असोज १ गते हाल कायम प्रतिनिधिसभाको आयु सकिँदैछ । यदि हाल कायम प्रतिनिधिसभाबाट महाअभियोग नटुंगिए निलम्बित प्रधानन्यायाधीश राणा असोज २ गते सर्वोच्च अदालत आउनसक्ने चर्चा चलेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?