एसिया कप क्रिकेटको उपाधि भिडन्त आज, पाकिस्तान र श्रीलङ्का खेल्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसिया कप टी-२० क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का खेल्दैछन् ।

खेल नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुबई इन्टरनेशनल मैदानमा सुरु हुनेछ । श्रीलङ्का सुपर चारमा अपराजित रहँदै फाइनल पुगेको हो ।

पाकिस्तान भने सुपर चारमा श्रीलङ्कासँग ५ विकेटले पराजित भएको थियो । पछिल्ला पाँच टी-२० खेलमा श्रीलङ्का ४ र पाकिस्तान एक खेलमा विजयी भएको छ ।

गएको ११ गतेदेखि सुरु भएको प्रतियोगितामा साविक विजेता भारतसहित पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, हङकङ र बङ्गलादेश सहभागी थिए ।

समूह ‘ए’ बाट पाकिस्तान र ‘बी’ बाट श्रीलङ्का शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?