सभामुखको निमन्त्रणामा चिनियाँ जनकंग्रेसका अध्यक्ष सोमबार नेपाल आउँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली चाङसु भोलि (सोमबार) नेपाल आउँदै हुनुहुन्छ । उहाँ सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा
नेपाल आउन लाग्नुभएको छ । उहाँको भ्रमण तालिका चार दिनको रहेको छ ।

राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली र सभामुख सापकोटाबीच गत २४ चैतमा भएको भर्चुअल संवादमा आपसमा अनुकूल समयमा भ्रमण गर्ने निम्तो आदानप्रदान गर्नुभएको थियो ।

दुवै मुलुकका विधायिकीबीच यस्ता भ्रमण र विचार आदानप्रदानले थप घनीभूत सम्बन्ध स्थापना हुने उहाँहरूको निष्कर्ष थियो । सभामुख सापकोटाको निमन्त्रणाअनुसार परराष्ट्र मन्त्रालयले भ्रमणको प्रक्रिया सुरु गरेको थियो ।

सभामुख सापकोटा र लीबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत छ । संसदीय अनुभव साटासाट र प्राविधिक सहयोगसम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ ।

चार दिने भ्रमणमा लीले समकक्षी सापकोटाबाहेक प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?