-डम्बर बोहरा
बैतडी । बैतडीमा बिद्यार्थी माथी कुटपिट गर्ने युवकलाई कारवाहीको माग गर्दै बिद्यार्थीहरु आन्दोलित बनेका छन् । जिल्ला सदरमुकाम नजिकै रहेको दशरथचन्द नगरपापलिका-५ को दशरथचन्द मावि सुन्दरखालीका विद्यार्थीहरु आज जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा उत्रिएका हुन् ।
शनिबार नेपाली सेनाले विद्यार्थीलाई दिदै आएको एनसीसी तालिमको क्रममा भलिबल खेलिरहेका विद्यार्थीले होहल्ला गरेको भन्दै अन्दाजी २५ वर्षीय सुदीप चन्दले कक्षा ९ मा अध्यनरत प्रेम चन्दमाथी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी, प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
प्रेम चन्दको घाटी, हात र ढाडमा चोट लागेको विद्यालयले जनाएको छ । विद्यार्थीमाथी हातपात गर्ने चन्दमाथी कारवाहीको मागगर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएकाे प्रहरी निरिक्षक जोशीले बताउनुभयो । ‘ बिद्यार्थीमाथी शनिवार कुटपिट भएको रहेछ, आज (आइतबार ) जानकारीमा आएको छ, घटनाबारे अनुसन्धान हुदैछ,’ उहाँले भन्नुभयो ।
भलिबल खेलाइरहेका नेपाली सेनाका खेल प्रशिक्षकमाथी पनि अभद्र ब्यवहार गरेको पनि एक शिक्षकले बताए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका