छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । झापा, धनुषा, सुर्खेत, धादिङ, सुनसरी, मोरङ र पर्साबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ परेका छन ।

झापाको मेचीनगर नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ १ ग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने ३७ वर्षीय युशुफ सुब्वा लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

धनुषाको मिथिला बिहारी नगरपालिका-२ बस्ने २१ वर्षीय शिव महरालाई नियन्त्रित लागूऔषध स्पास्मो ४६ ट्याब्लेट, एन्टीकप १८ ट्याब्लेट, प्रि-वेल ९५ ट्याब्लेट, सुनको मंगलसुत्र १ थान, चाँदीका विभिन्न सरसामान र नगद ७४ हजार ५ सय रुपैयाँसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध, सामानहरू र नगदसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ हिलेखालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ करिब ७ सय २० मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने दैलेख घर भएका ३१ वर्षीय रबिन शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

धादिङको थाक्रे गाउँपालिका-२ सिम्लेबाट अवैध लागूऔषध गाँजा करिब ९ किलोग्रामसहित गल्छी गाउँपालिका-५ कोईलीखर्क बस्ने ३० वर्षीय ललित तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरीले प्र.३-०२-०११ प ४९३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । साथै आवश्यक सोधपुछ एवं अनुसन्धानको क्रममा घटनामा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका-१५ आडा लाईनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३२ वर्षीय निश्चल बुढाथोकीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको पथरीशनिश्चरे नगरपालिका-९ जिरी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धूलो पदार्थ ६ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ४८ चक्की र स्पासपेन ८५ चक्कीसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २८ वर्षीय मिलन बहादुर भण्डारी र २० वर्षीय अभिशेक लिम्बु रहेका छन् । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

पर्साको वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध डाईलेक्स डिसी ६१ बोतलसहित भारत घर भएकी ३५ वर्षीया उमा देवी धानुकलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?