गठबन्धनमा टुंगिएन सिट बाँडफाँट, सोमबार शीर्ष नेताको बैठक बस्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकेन ।

आइतबार नटुंगिएपछि सोमबार बिहान ८ बजे पुनः बैठक बस्ने एकीकृत समाजवादी सम्मानीत नेता झलनाथ खनालले जानकारी दिनुभयाे ।

आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको उहाँले जानकारी दिनुभयाे । बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो नलागेको जानकारी दिनुभएका खनालले कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा भने रिपोर्टिङ भएको बताउनुभयाे ।

सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने खनालको भनाइ छ । सोमबारको बैठकले सिट बाँडफाँटको टुंगो लगाउने उहाँको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?