गठबन्धनलाई गोकुल बास्कोटाको प्रश्न: प्रधानमन्त्रीको उमेदवार को रहेछ ?

Read Time = 1 min
A A- A+

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाउनु भएको छ ।

गठबन्धनका दलहरुलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट गर्न सकस परिरहेका बेला उहाँले यस्तो आरोप लगाउनु भएको हो ।

‘गठबन्धनको प्रमको उमेदवार को रहेछ रु त्यति पनि जनतालाई नभन्ने हो भने यिनीहरु जनतासँग तर्सेकै हुन्,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।

गठबन्धनका दलहरु जनतालाई झुक्याउन लागिपरेको उहाँले बताउनु भएको छ ।

‘घ्यु बेचुवा र तलवार बेचुवा राजनीतिले सके जनता झुक्याउने नसके आपसमा एकले अर्कोलाई झुक्काएर छाड्ने न हो,’ उहाँले लेख्नुभएको छ।

https://twitter.com/GokulPBaskota/status/1568868184887017472

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?