Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

इमरान खान सवार विमान दुर्घटनाबाट जोगियाे

Read Time = 1 min
A A- A+

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सवार विमान दुर्घटनाबाट जोगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

शनिबार एक र्‍यालीलाई सम्बोधन गर्न विशेष विमानबाट गुजरानवाला जाने क्रममा खान सवार विमान मध्य आकाशबाट फर्काएर आकस्मिक अवतरण गराइएको थियो ।

खराब मौसमका कारण खानको विमान उडेको केही समयपछि पुनः इस्लामावाद फर्किएको थियो । विमानमा प्राविधिक समस्या देखिएको डेली पाकिस्तानले जनाएको छ । तर, विमानमा प्राविधिक त्रुटि देखिएको भन्ने विवरण गलत भएको पीटीआई नेता खानले बताएका छन् ।

उक्त पत्रिकाका अनुसार विमान चालकले कन्ट्रोल टावरमा सम्पर्क गरेपछि सुरक्षित ढंगले विमान अवतरण गरेका थिए । आकस्मिक अवतरणपछि खान आफ्नो पूर्वनिर्धारित कार्यक्रममा सहभागी भएका थिए ।

गुजरानवालाको र्‍यालीमा बोल्दै अध्यक्ष खानले वर्तमान सरकारका कारण देशको अर्थतन्त्र खस्किएको आरोप लगाए ।

-एजेन्सी

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?