चुनावी घोषणापत्रलगायतका विषयमा छलफल गर्न राप्रपा केन्द्रीय समिति बस्दै

Read Time = 1 min

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार अपरान्ह ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार बैठकमा आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्रलगायतका विषयमा छलफल हुनेछ ।

एक साताभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?