सार्वजनिक स्थलका सामाग्री हटाउन वडाध्यक्षको निर्देशन

Read Time = 1 min

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१, का वडा अध्यक्ष मोहन घिमिरेले बाटो तथा सार्वजनिक स्थलमा रहेका सामाग्री हटाउन निर्देशन दिनुभएको छ ।

एक सूचना जारि गर्दै वडाध्यक्ष घिमिरेले वडा कार्यालयको पूर्व स्वीकृती लिई तोकिएको स्थानमा मात्र निश्चित समयको लागि भण्डारण गर्न निर्देशन दिनुभएको हो ।

सार्वजनिक स्थलमा अतिक्रमण गरि निर्माण गरिएका संरचनाहरुलाई सात दिनभित्र हटाउन निर्देशन दिनुभएको छ । घर, गोठ, मठमन्दिर भवन लगायतका संरचना निर्माणको लागि सडकको पहुँच नपुगेको हुँदा सार्वजनिक स्थानमा केहि समयको लागि निर्माण सामाग्री समेत राख्न नहुने उहाँले बताउनुभयो ।

त्यस्तै, वडा अन्तर्गत रहेका गोरेटोबाटो, मोटरबाटो तथा अन्य सार्वजनिक स्थलमा ढुङ्गा, गिट्टी, बालुवा, काठपात, कवाडी सामाग्री लगायत अनाधिकृत तवरले सवारी साधन पार्किङ्ग गर्ने पाइएकोले हटाउन सम्बन्धित सबैलाई आग्रह समेत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?