कारोबारको पहिलो दिन नेप्से परिसूचकमा गिरावट

Read Time = 2 mins

काठमाडौं । साताको पहिलो कारोबारको दिन आईतवार नेप्से परिसूचकमा गिरावट आएको छ ।

आईतवार नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६.२८ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स यस दिन २.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ ।

आईतवार कारोबारमा आएका २२१ कम्पनीको २५ लाख २४ हजार कित्ता शेयर ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आईतवार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

नेप्सेका १३ उपसमूह मध्ये ११ उपसमूहको परिसूचकमा घटेको छ भने एक उपसमूहको सामान्य सुधार भएको छ । जसमा अन्य उपसमूहको परिसूचक ०.२९ प्रतिशत बढेको छ । विकास बैंक, वित्त, होटल तथा पर्यटन, हाइड्रोपावर र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् ।

आईतवार मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ४.५६ प्रतिशत बढेको छ । सामुदायिक लघुवित्तको शेयरमूल्य करिब ४ प्रतिशत बढेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ । तर छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको करिव ४ करोडको शेयर कारोबार भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?