काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ भने १०४ जनामा संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५८७ जनाको परीक्षण गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र १ हजार ९९५ जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार १७२१ पुगेको छ ।
मन्त्रालयका अनुसार कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ३१६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २०१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच