प्रथम शहीद स्मृति गोल्डकप हुने

हिमालय टाइम्स
Read Time = 1 min

कालिकोट । जिल्लाको खाडाचक्र नगरपालिका-७ पिलिमा प्रथम शहीद स्मृति गोल्डकप हुने भएको छ । दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वमा अन्तिम युद्ध भएको पिलिमा प्रथम शहीद स्मृति गोल्डकप हुने भएको हो ।

तिव्रिकोट फुटबल क्लबले पिलिमा आगामी असोज ८ गतेदेखि खेल सुरु गर्ने पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । युद्ध पर्यटकीय क्षेत्रमा विकास हुँदै गएको पिलिमा पर्यटन प्रवद्र्धन र राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ प्रथम शहीद स्मृति गोल्डकपको आयोजना गरिएको तिव्रिकोट फुटबल क्लबका अध्यक्ष जीवा मल्लले जानकारी गराउनुभएको छ ।

फुटबल प्रतियोगितामा सहभागी भएर प्रथम हुने टोलीलाई एक लाख ५५ हजार पाँच ५५५, द्वितीय हुने टिमलाई ७७ हजार ७७७ र उत्कृष्ट खेलाडीलाई ११ हजार १११ को पुरस्कार राशि राखिएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?