प्राप्ति बतास सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रत्नागिरि रिसोर्टमा नेपाल राष्ट्रिय मुवाँथाई संघको तेस्रो साधारणसभा तथा खेलाडी सम्मान कार्यक्रममा मलेसियामा गत महिना सम्पन्न युथ गेम्समा पदक विजेता मुवाँथाई खेलाडी प्राप्ति बतासलाई सम्मान गरिएको छ ।

ग्लाड स्लाममा रजत र युथ गेम्समा कास्य पदक विजेतालाई उहाँलाई सम्मान गरिएको हो । उहाँलाई बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल, बागमती खेलकुद विकास परिषद्का सदस्य-सचिव सूर्यलाल भण्डारी र नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले सम्मानपत्र र खादा लगाएर सम्मान गर्नुभएको छ ।

उक्त साधारणसभाले प्रादेशिक संरचनाको खेलकुद नीति अवलम्बन गर्दै विभिन्न प्रदेशका संयोजक तोकेको छ । मुवाँथाई संघले प्रदेश–१ मा भूपेश शाक्य, मधेश प्रदेशमा सन्तोष घलान, बागमती प्रदेशमा मनिष लिभी र सदस्यमा राहुल मोक्तान, गण्डकी प्रदेशमा निलिम अधिकारी, लुम्बिनी प्रदेशमा साजन माली, कर्णाली प्रदेशमा राजेश महर्जन र सुदूरपश्चिम प्रदेशमा उमेशकुमार खड्कालाई संयोजकको जिम्मेवारी दिइएको छ । उक्त कार्यक्रममा आगामी बागमती प्रदेशको खेलकुदमा मुवाँथाई खेल पनि समावेश गरिने जानकारी दिइयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?