सेयर बजार दोहोरो अंकले घट्यो

Read Time = 2 mins

काठमाडौं । अघिल्लो साता पनि उच्च अंकले घटेको सेयर बजार यो साताको पहिलो दिन पनि दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ११.४७ अंकले घटेर १९२६.२८ अंकमा झरेको हो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.०६ अंकले घटेर ३७४.७८ अंकमा झरेको छ ।

यस दिन कुल दुई सय २१ कम्पनीका २५ लाख २४ हजार दुई सय २४ कित्ता सेयर ७४ करोड ७२ लाख २६ हजार छ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । कारोबार भएका १३ समूहमध्ये अन्यबाहेक सबै समूहको सेयरमूल्य घटेको छ । कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको करिब चार करोडको सेयर कारोबार भएको छ भने नबिल बैंकको तीन करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ४.५६ प्रतिशत बढेको छ भने सामुदायिक लघुवित्तको सेयरमूल्य करिब चार प्रतिशत बढेको छ । दोर्दी खोला जलविद्युत् कम्पनीको दुई प्रतिशतभन्दा बढी बढेको छ भने सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य र छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्य पाँच प्रतिशतभन्दा बढी घटेको छ भने नारायणी डेभलपमेन्ट बैंक, घलेम्दी हाइड्रो र आशा लघुवित्तको सेयरमूल्य चार प्रतिशतभन्दा बढी घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?