दिगो पूर्वाधार लगानी फोरम आयोजना हुने

Read Time = 2 mins

काठमाडौं । लगानी बोर्ड नेपालले यही भदौ २९ गते काठमाडौंमा दिगो पूर्वाधार लगानी फोरम (एसआइआइएफ) आयोजना गर्ने भएको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि जिआरआइडी अर्थात् हरित, उत्थानशील र समावेशी विकास हासिल गर्न पूर्वाधार संरचना निर्माण तथा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले फोरम आयोजना गर्ने भएको हो ।

नेपालले विश्व जलवायु सम्मेलन (कोप-२६) मा नेट जिरो कार्बन अर्थात् शून्य कार्बन उत्सर्जन लक्ष्य प्राप्तिका लागि जाहेर गरेको प्रतिबद्धताका लागि साधनस्रोत परिचालनमा फोरम कोशेढुंगा साबित हुने बताइएको छ । उक्त एकदिने कार्यक्रम उद्घाटन प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्षबाट हुने बोर्डले जनाएको छ ।

कार्यक्रममा सार्वजनिक-निजी साझेदारी (पिपिपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाबारेमा विज्ञबीचमा सैद्धान्तिक बहस हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?