जावाको चाडपर्व अफर

Read Time = 2 mins

काठमाडौं । जावा मोटरसाइकलले चाडपर्व मौसममा ग्राहक अफर ल्याएको छ । अफरअन्तर्गत नौ प्रतिशत ब्याजदरमा जावा मोटरसाइकल खरिद गर्न सकिनेछ । जावाले फाइनान्सिङ पार्टनर अग्नि हायर पर्चेजसँगको सहकार्यमा यस्तो अफर ल्याएको हो । त्यस्तै, हरेक जावा बाइक खरिदमा निःशुल्क प्रोफेसनल राइडिङ ज्याकेट र निःशुल्क हेल्मेट पनि प्राप्त गर्न सकिनेछ ।

कम्पनीका अनुसार जावा प्रोफेसनल राइडिङ ज्याकेट वास्तवमै चारवटै मौसमका लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सेल तथा हेभी डुटी कपडा प्रयोग गरी तयार पारिएको छ । ज्याकेटको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सिईद्वारा प्रमाणीकरण छ ।

साथै कम्पनीले सर्वाधिक मूल्यांकनसहित एक्सचेन्ज इजी सुविधा पनि उपलब्ध गराउँदै आएको छ । जावा मोटरसाइकल एक दशकभन्दा बढी समयदेखि मोटरसाइकल बनाउने लेजेन्डरी बाइक निर्माता कम्पनी हो । यो १९२९ मा चेकोस्लोभाकियाको प्रागमा स्थापित कम्पनीका जावा बाइक नेपालमा अग्नि मोटोइन्कले भित्र्याएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?