नोकिया जी ११ प्लस

Read Time = 1 min

काठमाडौं । नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी ११ प्लस सार्वजनिक गरेको छ । जी सेरिजको सफलतासँगै नयाँ फोनमा नवीनतम एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरू, गुणस्तर र विश्वभर प्रसिद्ध लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश रहेको कम्पनीले जनाएको छ ।

एचएमडी ग्लोबलका सिइओ फ्लोरियन सेइश भन्नुहुन्छ, ‘प्रारम्भिक प्रतिस्थापनले वातावरणमा पार्ने प्रभावका कारण संसारभरका मानिसले आफ्नो स्मार्टफोन लामो समयसम्म प्रयोग गर्ने गरेका छन् ।

नयाँ नोकिया जी ११ प्लसमा उपभोक्तालाई लामो समयसम्म टिक्ने तीन दिनको ब्याट्री ब्याकअप, तीन वर्षको मासिक सुरक्षा अपडेट र एन्ड्रोइडका तीन संस्करण सुनिश्चित गरिएको छ ।’ ५० एमपी क्यामेरा र ३÷६४ जिबी स्टोरेजमा उपलब्ध फोनको मूल्य १९ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?