सिटिईभिटी कर्णाली प्रदेशका दुई प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटिईभिटी) कर्णाली प्रदेशका दुई प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तालिम सञ्चालनमा भ्रष्टाचार भएको भन्दै उनीहरूविरुद्ध मुद्दा दायर गरको हो । सिटिईभिटीका तत्कालीन कर्णाली प्रदेश प्रमुख भीमकान्त लामिछाने र मोहनबहादुर कार्कीविरुद्ध जनही तीन करोड ४३ लाख ८८ हजार ८१६ रुपैयाँ बिगो माग गरिएको छ ।

अख्तियारका अनुसार कर्णाली प्रदेश कार्यालयले विना प्रतिस्पर्धा दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिका-३ स्थित चामुन्डा माध्यमिक विद्यालयलाई विभिन्न तालिम सञ्चालनका लागि रकम उपलब्ध गराएको थियो ।

चामुन्डाले पनि आफैँले तालिम सञ्चालन नगरेर काठमाडौंको इलाइट इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कन्सल्ट्यान्टलाई उक्त जिम्मेवारी दिएको आरोप लागेको छ ।

चामुन्डाले आफूले तालिम सञ्चालन अनुमति पाउनुअघि नै उक्त कम्पनीसँग सम्झौता गरको अख्तियारको दाबी छ । सिटिईभिटी कर्णाली प्रदेशका लेखा अधिकृत शिवराम रोकाय, चामुण्डाका तत्कालिन प्रधानाध्यापक जयप्रसाद तिमल्सिना, सहलेखापाल नरेशबहादुर शाही, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नन्दबहादुर शाही र इलाइट इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कन्सल्ट्यान्टका सञ्चालक कुमार शाहीविरुद्ध पनि जनही तीन करोड ४३ लाख ८८ हजार ८१६ रुपैयाँ बिगो माग गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?