यस्तो छ तपाईंको भाद्र २७ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल भाद्र २७ गते सोमबार, ई.सं.- १२ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष द्वितीया, नक्षत्र- उत्तराभाद्रपदा, ९ः३२ बजे उप्रान्त रेवती, योग- गण्ड, करण- गर, चन्द्रराशि- मीन, सूर्योदयः ५ः४८, सूर्यास्तः १८ः११ ।

मेष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ ।

मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

कर्कट : अन्योलका बीच उन्नतिको मार्गप्रशस्त हुनेछ ।

सिंह : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

कन्या : दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

तुला : आँटेको काम तत्काल बन्ने समय छ ।

वृश्चिक : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।

धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र बिछाडिनुपर्ने बाध्यता आउनेछ ।

मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?