हनी सिंह र शालिनीको सम्बन्धविच्छेद

Read Time = 2 mins

मुम्बई । पञ्जावी गायक हनी सिंह र पत्नी शालिनी तलवारको सम्बन्धविच्छेद भएको छ । दिल्लीको साकेत डिस्ट्रिक्ट कोर्टको फेमिली कोर्टले यो मामलाको सुनुवाइ गरेको हो । हनीले ‘एलिमनी’का रूपमा एक करोड रुपैयाँको चेक बन्द खाममा शालिनी तलवारलाई दिनुभएको थियो । अदालतमा बिहीबार हनी र शालिनीको बीच काउन्टर एलिगेसन पछि मामला टुंगो लागेको हो । त्यसपछि दुवैबीच एक करोडको ‘एलिमनी’ सम्झौता भएको छ ।

शालिनीले गतवर्ष अगष्ट ३ मा तीस हजारी कोर्टमा हिरदेश सिंह अर्थात् हनी सिंहविरुद्ध घरेलु हिंसाको उजुरी दिनुभएको थियो । उहाँले हनीले आफूमाथि ‘आक्रमण’ गरेको आरोप लगाउनुभएको थियो । शालिनीले विवाहपछि आफूले १० वर्ष समय दिए पनि हनीले भने शारीरिक र मानसिक यातनामात्र दिएको दाबी गर्नुभएको थियो ।

शालिनीले हनीले अन्तर्राष्ट्रिय यात्रामा जाने बहानामा अर्की महिलाहरूसँग अवैध सम्बन्ध बनाउने गरेको आरोप पनि लगाउनुभएको थियो । शालिनीले आफूलाई पतिले जनावरजस्तो व्यवहार गरेकाले हनीबाट अलग्गिन चाहेको बताउनुभएको थियो । शालिनीले उजुरीमा १० करोड ‘एलिमनी’को माग गर्नुभएको थियो ।

हनीले शालिनीसँग १७ वर्ष डेट गरेपछि सन् २०११ जनवरी २३ मा विवाह गर्नुभएको थियो । उनीहरू बाल्यकालदेखि नै एकअर्कालाई चिन्नुहुन्थयो र एकै विद्यालयमा पढनुहुन्थयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?