महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार असोज ३ मा हुने

हिमालय टाइम्स
Read Time = 2 mins

लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार आउँदो हप्ताको सोमबार असोज १९ गते अर्थात् सेप्टेम्बर १९ मा हुनेभएको छ । वेष्टमिनिस्टर एबीमा अन्तिम संस्कार समारोह अर्थात् फ्युनेरल हुने जनाइएको हो ।

त्यसअघि चार दिन उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि राखिने छ । उहाँको गत बिहीबार अपराहृन ९६ वर्षको उमेरमा निधन भएको थियो । ७० वर्षसम्ममा बेलायती राजगद्धीमा रहनुभएकी उहाँको स्मृतिमा बेलायत तथा उहाँ राष्ट्रप्रमुख रहेका देश र विश्वका विभिन्न क्षेत्रमा शोक घोषणा गरिएको छ ।

सोमबार अर्थात् सेप्टेम्बर १२ आजदेखि उहाँलाई २४ घण्टासम्म सेन्ट गिल्स काथड्रल एडिबर्गमा राखिनेछ । त्यहाँ सर्वसाधारणले उहाँलाई श्रद्धाञ्जलि दिन सक्ने छन् । सेप्टेम्बर १९ मा हुने अन्तिम संस्कार फ्युनेरलमा उहाँको परिवारका सदस्य, राजनीतिज्ञ र विश्वका विभिन्न देशका नेताहरू सहभागी हुने छन् । स्थानीय समयानुसार बिहान ११ बजे फ्युनेरलमा उहाँको अन्तिम संस्कार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?