श्रीलंकालाई एसिया कप क्रिकेटको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ ।

दुबईमा आइतबार राति भएको फाइनल खेलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । जितका लागि १७१ रन पछ्याउने क्रममा २० ओभरमा १४७ रन बनाएर पाकिस्तान अलआउट भएको थियो ।

उसका लागि मोहम्मद रिजवानले ५५ र इफ्तिखर अहमेदले ३२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका प्रमोद मदुशनले ४ र वानिन्दु हसरङ्गाले ३ विकेट लिए।

यसअघि दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो । उसका लागि भानुका राजपक्षले नटआउट ७१ र वानिन्दु हसरङ्गाले ३६ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस रौफले ३ विकेट लिए ।

यससँगै श्रीलंका छैटौं पटक एसिया कपको उपाधि जित्न सफल भएको छ । श्रीलंकाले आठ वर्षपछि उपाधि जितेको हो ।

यसअघि सन् २०१४ मा बंगलादेशमा भएको एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो ।

पाकिस्तान भने तेस्रो पटक उपाधि जित्न असफल भएको छ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?