बुबाको जन्मदिनमा बिदा दिने फिलिपिनी राष्ट्रपतिको घोषणा, मानवअधिकारवादी अभियन्ताद्वारा विरोध

हिमालय टाइम्स
Read Time = 2 mins

मनिला । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले आफ्ना पिता मार्कोस फर्डिनान्डको जन्मदिनमा बिदा दिन गरेको घोषणाको विरोध भएको छ ।

अपदस्थ गरिएका तानासाह मार्कोसको जन्मदिन विशेष बिदा दिएर मनाउने घोषणा फिलिपिन्सका मानव अधिकारवादी समूहहरूका अभियन्ताहरूले अस्वीकार गरेका छन् ।

गत जुनको चुनावमा अत्यधिक बहुमतसहित निर्वाचित मार्कोस जुनियरले इलोकोस नोर्टे प्रान्तमा आफ्नो पिता मार्कोस फर्डिनान्डको १०५औँ जन्मदिन मनाउन सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।

सन् १९८६ मा सेनाको समेत साथ पाएको प्रजातन्त्र हिमायती आन्दोलनका दौरान तत्कालीन तानासाह मार्कोस अपदस्थ गरिएका थिए ।

सत्तरीको दशकमा मार्कोसको तानासाही कालमा कम्युनिस्ट आन्दोलनकारी भएको आशंकामा पक्राउ गरी निर्मम यातना दिइएका सातुर ओकाम्पोले अनलाइन न्युज कन्फ्रेन्समार्फत बिदा दिएर जन्मदिन मनाउन गरिएको घोषणाको विरोध गरेका छन् ।

  • स्रोत : एपी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?