काठमाडौं । सरकारले १० वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीले समयमा काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले १ वर्ष भन्दा बढीसम्म १० कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कार्यालयले आज एक सूचना जारी गर्दै १० कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको छ । कालोसूचीमा पर्नेहरूमा वीरगञ्ज उपमहानगरपालिकामा रहेको देवेन्द्र तेल उद्योग, अछाममा रहेको धर्यता निर्माण कम्पनी लगायत छन् ।
प्यासेफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रालि र लामा/च्याङ्गमिला/सुन्दरी जेभी बाहेक ती कम्पनीहरू सबैलाई एक एक वर्ष कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
सार्वजनिक खरीद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम भदौं २७ गतेदेखि लागू हुने गरी कालोसूचीमा राखिएको हो ।
कालोसूचीमा परेका कम्पनीले (कालोसूचीमा राखिएको समयसम्म) सरकारी निकायको कुनै पनि खरीद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् ।
यी हुन् कालोसूचीमा पर्ने कम्पनीहरू –
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच