हाम्रो शिक्षा विकासमा हिजो, आज र भोलि

Read Time = 16 mins

✍️ रमेशप्रसाद गौतम

गत सोमबारबाट क्रमशः

विद्यादानको परम्परा वौद्धिक कालदेखिकै हो । यही परम्परालाई लिच्छवि र मल्लकालमा पनि निरन्तरता दिँदै आएको पाइन्छ । त्यस बेलामा पनि शिक्षामा वेद, वेदांग, व्याकरण, न्याय जोतिष, साहित्य दर्शन, कला संस्कृति आदि विषय पढाइन्थ्यो । हाम्रो प्राचीन संस्कृतिअनुरूप आफ्नो आम्दानीको दशांस दान दातव्य वा राज कोषमा दिनुपर्ने र त्यसबाट धर्मलाभ हुने कुरामा विश्वास राखिन्थ्यो ।

नेपालको एकीकरणपछिको शिक्षा :
नेपालमा एकीकरण पूर्वदेखि नै वैद्धिक र बौद्ध परम्परामा आधारित शिक्षा पद्धति थियो । हुन त विसं १८२५ तिरै दरबारीयहरूले संस्कृति भाषामा पत्राचार गर्ने गरेको पाइए तापनि छिमेकी राज्यसँग पत्राचार गर्दा नेपाली भाषामै पत्राचार गर्दै आएको देखिन्छ । पृथ्वीनारायण शाहले शिक्षाको विकासमा जोड दिइएको कुरा प्रशस्त पाइन्छ । उनले अध्ययन गर्नेहरूलाई प्रोत्साहन मिलोस् भनी छात्रवृत्ति प्रदान गर्नुका साथै विद्धान्हरूको भेला, बैठक, सरसल्लाह, छलफल आदि गर्ने गर्द थिए ।

नेपालको राष्ट्रिय एकीकरणपछि श्री ५ पृथ्वीनारयण शाहले भने मेरो साना दुःखले अज्र्याको मुलुक होइन चारजात छत्तीस वर्ण सबै जातको फूलबारी हो । यसले नेपाल नेपालीको रगत पसिनाले निर्माण भएको कुरा राजा पृथ्वी नारायण शाहले सहजरूपमा स्वीकारेको पुष्टि हुन्छ । सधैं नेपाली जनताकै हित र संरक्षणमा समर्पित राजा पृथ्वीनारायण शाह हुन् भन्ने कुरा इतिहासले औंल्याएको छ ।

उनको बाल्यकालदेखि नै उनले पाएको शिक्षादीक्षा आदिबाट कुशल नेतृत्व हासिल गर्न सफल भएका हुन । पृथ्वीनारायण शाहको जन्म विसं १७७९ पुस २७ गते नरभूपाल शाहकी रानी कौसल्यवतीको गर्भबाट भएको थियो । उनको रेखदेख र हेरचाह बाल्यकालदेखि नै जेठी महारानी चन्द्रप्रभावतीबाट भएको थियो । पृथ्वीनारायण शाहले विभिन्न प्राचीन राजनीतिशास्त्रहरू तथा युद्ध कौशलतासम्बन्धी ज्ञान आर्जन गरेका थिए ।

तत्कालीन शिक्षा पद्धति बैद्धिक र बौद्ध परम्रामा आधारित छँदाको अवस्थामा पनि राजा पृथ्वीनारायण शाहले सेनालाई युद्ध कौशलसम्बन्धी तालिम र उनका सन्तानहरूलाई पढ्न सुुविधास्वरूप छात्रवृत्ति र अन्य प्रोत्साहरू प्रदान गरेका थिए ।

तत्कालीन शिक्षा पद्धति बैद्धिक र बौद्ध परम्रामा आधारित छँदाको अवस्थामा पनि राजा पृथ्वीनारायण शाहले सेनालाई युद्ध कौशलसम्बन्धी तालिम र उनका सन्तानहरूलाई पढ्न सुुविधास्वरूप छात्रवृत्ति र अन्य प्रोत्साहरू प्रदान गरेका थिए । उनले आफ्नो राज्यलाई हातहतियारले आत्मनिर्भर गराउन आफ्ना सैनिकलाई हतियार मर्मत गर्नसक्ने, नयाँ हतियार बनाउन सिकाउने तालिम दिनका लागि भारतबाट कालिगढसमेत झिकाएका थिए । पृथ्वीनारायण शाहले आफ्नो मूलुकमा इष्टइण्डिया कम्पनी सरकारको गिद्देदृष्टि नपरोस् भनेर नै सैनिक तालिम र प्रशिक्षण कार्यलाई कुशलतापूर्वक प्रबन्ध मिलाएका थिए ।

राणाकालीन शिक्षा :
पृथ्वीनारायण शाहको मृत्युपछि प्रतापसिंह शाह राजा भए । उनको चाँडै असामयिक देहावसान भएपछि उनका अढाई वर्षका छोरा रणबहादुर गद्धीमा बसे । यसपछि नायवी पदका लागि आन्तरिक द्वन्द्व मच्चिन थाल्यो । राजेन्द्रलक्ष्मी र बहादुरशाह बीच मनोमालिन्य उत्पन्न हुनुका साथै गुटबन्दी पनि बढ्दै जान थाल्यो । परिणामत राज्य शासनमा पनि अस्थिरता उन्पन्न हुन थाल्यो । रणबहादुर शाह बालिक भएर राज्य आफैँ चलाउन थालेपछि झन् राजनीतिक अस्थिरता बढ्न थाल्यो । रणबहादुर शाहले सन्यास लिएर आफ्नो जेठो छोरो रणद्वीप छँदाछँदै कान्तवतीका डेढ वर्षका छोरा गीर्वाणयुद्धविक्रम शाहलाई राज्य दिँदा झनै राजनीतिक बिग्रँदै गयो ।

त्यहाँ विद्यमान गुटबन्दीले झनै राज्यसत्ता हत्याउने षड्यन्त्र चल्न थाल्यो । गीर्वाणयुद्ध नाबालक भएकाले उनका समर्थक भारदारहरू बढी सक्रिय हुन थाले । यस्तै झैझगडाका कारण आफ्नै भाइद्वारा रणबहादुर शाहको हत्या भयो । गीर्वाण युद्धविक्रमपछि तीन वर्षका राजेन्द्र विक्रम शाह राजा भए । झनै अनेक गुटबन्दी उत्पन्न हुनथाल्यो । राज्य शासन झनै कमजोर र अस्थिर हुँदै जानथाल्यो ।

दरबारभित्रका गुटबन्धीले गर्दा बाहिर भारदारहरूको झनै गुटउपगुट देखापर्न थाले । यस्तै गुटहरूबीच एकले अर्को गुटको मद्धत लिएर एकले अर्कालाई हटाउने र थुन्ने कार्यमा लाग्न थाले । राजा वा रानीलाई आफ्नो प्रभावमा पारेर सत्तामा पुग्ने अनेक जालझेल षड्यन्त्र गर्न थाले । त्यहाँ भएका अनेक गुटहरूका कारण राज्य सञ्चालनमा समेत कठिनाइ देखापर्न थाल्यो । यही मौका छोपी, जंगबहादुर चतुर व्यक्तिलाई अग्रसर हुन झनै सजिलो भयो ।

कोतपर्वपछि जंगबहादुर नेपालको सत्ता र शक्तिमा पुगे । हत्याकाण्डपछि जंगबहादुर कमाण्डर इनचीफ र प्रधान मन्त्री भए । यहीबाट राणा कालिन इतिहासको प्रारम्भ भयो । कोतपर्व र भण्डारखाल पर्वपछि पुराना भारदारहरू सखाप भए । जंगबहादुर कुँवर शक्तिशाली प्रधानमन्त्रीका रूपमा देखा परे । यो क्रम जंगबहादुरबाट आरम्भ भएर मोहनशमशेरको पालासम्म १०४ वर्ष निरन्तर रहृयो । जंगबहादुर शत्ता र शक्ति हातमै राखी रहन राणाहरूबीचको रोलक्रम बाँधे र क्रमैसँग शासनसत्ता चलाउँदै आए । यसरी जंगबहादुरले बसालेको थितिलाई त्यसपछिका सबै राणा प्रधानमन्त्रीले निरन्तर पालना गर्दै आए र नेपालको इतिहासमा १०४ वर्षसम्म सत्तामा निरन्तर रहे ।

जंगबहादुर आफ्नो कार्यकाल अवधिभर शक्तिशाली र सुरुमा आँटिला प्रधानमन्त्रीका नामले स्वदेश तथा विदेशसम्म कहलिएका थिए । उनी बेलायत सरकारको निमन्त्रणामा बडो तामझामका साथ बेलायत भ्रमणमा गएका थिए । उनले आफ्नो भ्रमण अवधिमै त्यहाँको शिक्षा बारेमा बुझे । नेपाल फर्किएपछि आफ्ना परिवार र नजिकका भारदारका सन्तानले पढ्ने गरी दरबारभित्रै अंग्रेजी शिक्षा पढाउने स्कुल स्थापना गरे ।

नेपालका लागि यो भ्रमणको ठूलो उपलब्धि भनेको नै पहिलो पटक अंग्रेजी शिक्षाको जग स्थापित हुनु थियो । जंगबहादुरले विदेशबाट केही शिक्षक झिकाई थापाथली दरबारको दाख चोकमा १९१० साल असोज २७ गते दरबार स्कुलको नामकरण गरी स्कुल स्थापना गरे । तत्कालीन संस्कृति शिक्षाका विद्वानहरूले अंग्रेजी शिक्षा देशमा झिकाएर अंग्रेजकरण हुन लागेको चिन्तासमेत गर्न थालेका थिए ।

नेपालको शैक्षिक इतिहासमा आधुनिक शिक्षाको प्रवेश दरबार स्कुलबाटै भएको मान्न कर लाग्दछ । जुन उद्देश्यले अंग्रेजी शिक्षा भित्रिए पनि जंगबहादुरले शिक्षालाई राष्ट्रिय चासोका रूपमा नै आएको भन्नुपर्ने हुन्छ । जंगबहादुरले आफ्नै कार्यकालमा शिक्षा विभागसमेत स्थापना गरे । त्यहाँको पहिलो डाइरेक्टरका रूपमा लेफ्टिनेन्ट जनरल बबरजंग शमशेरलाई बनाए ।

दरबार स्कुल राणा परिवारका केटाकेटीलाई पढाउने उद्देश्यले खोलिएको थियो । त्यहाँ दरबारबाहिरका केटाकेटी पढ्न पाउँदैनथे । यो स्कुल केबल जंगबहादुरको परिवार र उनका निकटस्तहरूले निजी ट्युसन पढाउने ठाउँ झैँ थियो । यसरी राणा परिवारभित्रका सदस्यहरू पढ्न पाउने स्कुल थापाथली दरबारभित्रै सीमित थियो । जंगबहादुरको निधनपछि थापाथली दरबार परिसरबाट बाहिर ल्याइएको कुरा इतिहासमा उल्लेख गरिएको छ । हुन त कहीँ–कहीँ उल्लेख गरिएको छ कि धीरशमशेरले हालको दरवार स्कुललाई औपचारिक रूप प्रदान गरे । अब विस्तारै दरबार स्कुलमा कक्षा १० दशसम्म पठनपाठन हुनथाल्यो । तत्कालीन जागिरदारका छोराछोरीका लागि पनि पढ्न पाउने ढोका खुल्नथाल्यो ।

दरबार स्कुल राणा दरबारभित्रका विभिन्न ठाउँ चहार्दै आखिरमा १९४८ सालमा वीरशमशेरले रानीपोखरी पश्चिमतर्फ भवन निर्माण गर्न लगाई नयाँ भवनमा स्कुल सारे । १९५७ सालपछि यस स्कुलमा सर्वसाधारणका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था भयो । यसैगरी धीरशमशेरले नाराहिटी परिसरमा संस्कृत पाठशाला खोले । शिक्षक छनोट र व्यवस्थापका लागि वडा गुरुज्यू नरेन्द्रराज पाण्डेलाई जिम्मा दिए ।

१९३४ सालमा स्थापित नयाँ संस्कृत पाठशालामा शिक्षकहरूको नियुक्ति गरी पठनपाठन कार्य हुनथाल्यो । यो पाठशाला १९४८ सालमा रानीपोखरीको नयाँ भवनमा सञ्चालन हुनथाल्यो । यसपछि संस्कृत पाठशालाका रूपमा दिङ्ला पाठशाला पनि खुल्यो । विसं १९५७/०५८ तिर देवशमशेरले भाषा पाठशालाहरू खोल्न थाले चन्द्रशमशेरको पालामा विसं १९६१ मा नेपाली पास जाँच अड्डा र लगत्तै श्रेस्ता पाठशालाको स्थापना भयो । भाषापाठशालाले प्राथमिक शिक्षाको प्रचार गर्दै आयो भने श्रेस्ता पाठशालाले प्रशासनिक न्यायिक जनशक्ति उत्पादन गर्ने कार्य गर्दै आयो ।

दरबार स्कुल राणा परिवारका केटाकेटीलाई पढाउने उद्देश्यले खोलिएको थियो । त्यहाँ दरबारबाहिरका केटाकेटी पढ्न पाउँदैनथे । यो स्कुल केबल जंगबहादुरको परिवार र उनका निकटस्तहरूले निजी ट्युसन पढाउने ठाउँ झैँ थियो ।

दरबार स्कुलको थापनापछि नै आधुनिक शिक्षाको आरम्भ भए झैँ रानीपोखरी संस्कृत पाठशालाको स्थापनाले संस्कृत उच्च शिक्षाको क्रमलाई अघि बढाउँदै आयो । सुरुमा करिब १८३३ तिर नेपालमा एसएलसी परीक्षा दिने विद्यार्थीको परीक्षाको अन्तिम नतिजाका लागि भारतीय शैक्षिक संस्थाहरूसँग सम्बन्धन प्राप्त रहृयो । त्यस्तै संस्कृत उच्च शिक्षा परीक्षा २००९ सालसम्म नै भारतीय शैक्षिक संस्थासँग सम्बन्धिन रहृयो ।

सुरुका समयमा दरबार स्कुलमा प्रवेश पाउन डाइरेक्टर जनरल कोमा बिन्तीपत्र चढाउनु पथ्र्यो । भर्ना गर्न स्वीकृत दिएपछि मात्र पढ्न पाउने स्थिति थियो । तत्कालीन दरबार स्कुल, संस्कृत पाठशाला, भाषा पाठशालालगायत शिक्षण संस्थामा कति विद्यार्थी अध्ययनरत थिए भन्ने कुरा एकिन गर्न कठिनै थियो । नेपालमा पहिलो जनगणना १९६८ सालमा भएकोमा खासै व्यवस्थित थिएन । खालि महिला र पुरुषको संख्यासम्म पत्ता लगाउने काम भयो । साक्षरता संख्या कति थियो भन्ने कुरा झनै अन्योल थियो ।

दरबार स्कुल र संस्कृत पाठशाला एकै भवनमा सञ्चालित थिए तर दुई संस्थाबीच खासै समन्वय थिएन । समाजको आकर्षण अंग्रेजी शिक्षातर्फ थियो । संस्कृत पाठशालामा विशेषगरी उपत्यका र पहाडका ब्राहृमणका छोराहरूका लागि मात्र पढ्न पाउने व्यवस्था थियो । संस्कृत पाठशालामा पढ्नेहरूका लागि छात्रावास तीन धारा पाठशालमा थियो । निःशुल्कमा आवासीय रूपमा पढ्न चाहनेहरूको रोजाइ संस्कृत पाठशाला थियो । त्यसबेला ब्राहृमणहरू अंग्रेजी पढ्न रुचाउँदैनथे । संस्कृत पाठशालामा भर्ना हुन पनि श्री ३ सरकारसमक्ष बिन्तीपत्र चढाउनु पर्दथ्यो ।

https://ehimalayatimes.com/2022/09/42179/

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?