सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

बैठक अहिले केही बेरमा बालुवाटारमा शुरु हुँदैछ । संभवत : आजको बैठकले सिट बाँडफाँड टुंगो लगाउने एकीकृत समाजवादीका नेता झलनाथ खनालले आइतबार जानकारी दिनुभएको थियो ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू र कार्यदलबीच भएको छलफलमा अहिलेसम्म भएका सहमति र बाँकी रहेका विषयबारे ब्रिफिङ भएको थियो ।

गठबन्धनमा कार्यदलले करिब ९० सिटमा साझा समझदारी बनाए पनि बाँकी ७५ सिटमा दलहरूबीच विवाद छ । कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले एक महिना छलफल गरे पनि सिट बाँडफाँट टुंग्याउन नसकेर शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको थियो । त्यसयता विवाद रहेका विषयमा शीर्ष नेताहरू सहमति गर्न छलफलमा जुटेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?