सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिका-५ मोहनपुरमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गमा प्रदेश २-०१-००२ प ३९९३ नम्बरको मोटरसाइकल सडकमा रहेको कुकुरलाई बचाउने क्रममा आज बिहान साढे ८ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सप्तरीकै बोदेवर्साइन नगरपालिका-२ की ४५ वर्षीया अञ्जना देवी यादवलाई अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक अञ्जनाका श्रीमान भने सकुशल रहेको सप्तरी प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?