बालुटावारमा गठबन्धनको बैठक जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको हो ।

बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गरेर गठबन्धन जान लागेको हो ।

आइतबार सिट बाँडफाँटका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले जानकारी दिनुभएको थियो ।

जारी बैठक सिट बाँँडफाँटमा केन्द्रित रहेको छ । कार्यदलले दिएको सुझावका आधारमा शीर्षनेताले सिट बाँँडफाँट गर्ने भएका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची २ र ३ असोज र प्रत्यक्षतर्फको मनोनयन दर्ता २३ असोजमा रहेको निर्वाचन आयोगले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?