सर्लाहीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका-१० नयाँरोड चोकमा आज बिहान ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको र सनाखत हुन बाँकी रहेको सर्लाही प्रहरीले जनाएको छ ।

आज बिहान ४ बजे ना ८ ख ८२६७ नम्बरको ट्रकले पैदल हिंडिरहेका पुरुषलाई ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?