चिनियाँ जनकंग्रेसका सभामुख लि चान्सु काठमाडौंमा, सभामुख सापकोटाद्वारा स्वागत

Read Time = 2 mins

काठमाडौं । नेपालको तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) लि चान्सु नेपाल आइपुग्नुभएको छ । उहाँसोमबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुभएको हो । उहाँलाई विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गर्नुभयो ।

सापकोटाको निमन्त्रणामा आउनु भएका अध्यक्ष लिले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम छ । सोल्टी होटलमा केही समय आराम गरेपछि उहाँ नेपाली समकक्षी सापकोटासँग भेटवार्ताका लागि लि संसद् भवन नयाँ बानेश्वर जाने हुनेछ ।।

सभामुखले लिको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्नुभएको छ । तर, राष्ट्रिय सभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले भने रात्रिभोजमा सरिक नहुने जाकारी गराउनु भएको छ । बेलायती महारानी एलिजावेथ द्वितीयाको निधनमा नेपालले तीन दिन शोक दिवस मनाइरहेकाले यस्तो बेला आयोजना गरिएको रात्रिभोजमा आफू सरिक नहुने उहाँले जनाउ दिएको स्रोतले बतायो ।

मंगलबार अध्यक्ष लिले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डानारायण खड्कासँग भेटवार्ता गर्नुहुने छ । उहाँले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि बुधबार बिहान संसद् भवनमा बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

बुधबार अपराह्न साढे ३ बजे अध्यक्ष लि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानु हुनेछ । सोही दिन उहाँ दक्षिण कोरियातर्फ लाग्ने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?