जलजलामा कानुन विपरित निकालिएको नदीजन्य बस्तुको लिलाम विक्रि गर्ने

फाइल फाेटाे

Read Time = 3 mins
A A- A+

-ध्रुबसागर शर्मा
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिकाले कानुन विपरित कालीगण्डकी नदीमा उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलाविक्रि गर्न अनुगमन गरिएको छ । सर्वोच्च अदालतको आदेश विपरित ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरि निकालिएको नदीजन्य बस्तुको जफत गरिएको थियो । जलजला गाउँपालिकाले सरोकारवालाहरुको सहयोगमा अवैध रुपमा उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलाम विक्रि गर्न सोमबार नापजाँच गरेको छ ।

पर्वतको वारी बेनीदेखि डम्मु खोलासम्म कालीगण्डकी नदीमा अवैध रुपमा उपकरण प्रयोग गरेर नदीको किनारमा थुपारिएको बालुवाको लिलामविक्रिको लागि नापजाँच भएको हो । जलजलाको लामाखेत, मोहन चोक, मिलनचोक, केराबारी, लस्ती फोर्से, खन्याघाट लगायतको क्षेत्रमा अवैध रुपमा उत्खनन् गरेर थुपारिएको बालुवाको लिलाविक्रि गर्न अनुगमन गरिएको जलजला गाउँपालिका उपाध्यक्ष एवम् अनुमगन टोलीका संयोजक दीपक आचार्य, (आकाश ) ले जानकारी दिनुभयो ।

साउन, भदौ महिनामा वातावरणीय प्रभाव मूल्यांकन विपरित उत्खनन् गरिएको बालुवालाई लिलाम विक्रि गराउन गाउँपालिका उपाध्यक्ष दिपक आचार्य, जिसस र पालिका ईन्जिनियर, सुरक्षाकर्मी लगायतको उपस्थितमा किनारमा थुपारिएको नदीजन्यबस्तु नापजाच गरिएको थियो । गाउँपालिकाको उपाध्यक्ष नेतृत्वमा तयारी पारिएको प्रतिवेदनलाई कार्यपालिकाको छलफलबाट लिलाम विक्रिका लागि प्रक्रिया अघि बढाउने उपाध्यक्ष आचार्यले बताउनु भयो ।
गत साउन १८ गते पर्वतस्थित कालीगण्डकी नदीमा बालुवा चोर्न प्रयोग भएका डोजरहरु शिल गरिएको थियो । बर्षातको समयमा उत्खनन् गर्न नपाउने नियम हुदाँहुदै ब्यवसायीले एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् गर्ने बेच्ने गरेका छन् ।

राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायको संरक्षणमा पर्वत खण्डमा कानुन विपरित ठेक्का नलागेको ठाउँमा उपकरण प्रयोग गरेर अवैध रुपमा बालुवा उत्खनन् बढिरहेको जनगुनासो छ । म्याग्दी, पर्वत, बागलुङ क्षेत्रमा कानुन विपरित नदीजन्यबस्तुको उत्खनन् बढीरहेको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?