अस्थायी रुपमा खुल्यो तातोपानी नाका

Read Time = 3 mins

-विजय नेपाल
सिन्धुपाल्चोक । दशैं लक्षित सामग्री बोकेर नेपाल आउन लागेका कन्टेनरहरु मितेरी पुल पारी नै रोकिएर विग्रने अवस्था आएपछि बाटोमा अड्कीएका कन्टेनरहरुको लागि मात्रै अस्थायी रुपमा तातोपानी नाका सञ्चालनमा आएको छ ।

तिब्बतको न्यालम लगाएतका क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएपछि चीनले स्वास्थ्य सतर्कताको नाममा नाका बन्द गरेको थियो । चीनको चाहना अनुसार मात्रै खुल्ने र बन्द हुने उत्तरी नाका विभिन्न कारण देखाउदै पटक पटक खुल्ने र बन्द हुने गरेका छन् । यसबाट नेपाली व्यापारीहरु प्रत्यक्ष मारमा परेका छन् । नेपालीहरुको महान् चाड दशैंलाई लक्षीत गरी व्यापारीले ल्याएका स्याउ, लसुन, प्याज लगाएतका खाद्यान्न कन्टेनरमै कुहीन थालेको छ भने तयारी कपडा समेत बेलामा बजार नआइपुग्दा व्यापारीको करौडौंको लगानी फसेर बसेको सिन्धुपाल्चोक उद्योग बाणीज्य संघका अध्यक्ष होम बहादुर बस्नेतले बताउनुभयो । व्यापारीले किनेर गाडीमा लोड भइसकेका एक सय भन्दा धेरै कन्टेनर पारी नै रोकिएर बसेको उहाँले बताउनुभयो ।

चीनले यसअघि पनि पटक पटक नाका बन्द गर्दै आएको छ । सञ्चालमा आँउदा पनि नेपालतर्फ चिनियाँ सामग्री आयात मात्रै गर्न दिने चिनले नेपाली सामान निर्यात गर्न भने पुर्ण बन्देज नै लगाएको छ । नेपाली पर्यटक तथा व्यापारी चिनीया क्षेत्रमा प्रवेश नै पाँउदैनन् । जसका कारण व्यापारीहरु पेशाबाट नै पलाएन हुन थालेका छन् । यो समस्या समाधान गर्न नेपालको तर्फबाट कुनै प्रभावकारी कदम चालिएको पनि देखिएको छैन । नेपाल सरकारको तर्फबाट कुटनीितक पहल गरेर नाका खोल्नुपर्ने तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताउनु भयाे ।

नाकालाई प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गर्न उच्च सरकारी तवरबाट नै विशेष कुटनितिक छलफल हुनुपर्ने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?