डेङ्गुबाट जोगिन जनस्वास्थ्यमा मापदण्ड पालना गर्नुपर्छ : अध्यक्ष तिमिल्सना

रासस
Read Time = 2 mins

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ र डेङ्गु सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका आधारभूत मापदण्डको पालना गर्नुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज आयोजना तथा विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा जनस्वास्थ्यका विषयमा प्रदेशसभाको भूमिकासम्बन्धी आज यहाँ भएको दुई दिने अन्तरक्रियामा उहाँले कोभिड–१९ को नियन्त्रणसँगै हाल डेङ्गुलगायत सरुवा रोग, विभिन्न सङ्क्रामक रोग र नसर्ने रोगले मानव स्वास्थ्यमाथि गम्भीर समस्या उत्पन्न गरिरहेको भन्दै नियन्त्रणमा संवेदनशील भएर गहन अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।

कोभिड–१९ को महामारीपछि जनस्वास्थ्यका विषयमा जनप्रतिनिधि गम्भीर रहेको र उनीहरूको भूमिकाका बारे आफूहरू निरन्तर छलफल गरिरहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्यको एउटा निकायले मात्रै जिम्मा लिएर नहुने भन्दै उहाँले सङ्घ र प्रदेशसँगै स्थानीय तहलाई पनि जोड्नुपर्ने बताउनुभयो ।

“सङ्घ र प्रदेशसँग जोडेर हामीले धेरै कार्यक्रम ग¥यौँ, अब स्थानीय तहसँग पनि जोड्नुपर्ने छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य जस्तो संवेदनशील विषय कुनै एउटा निकायले मात्रै जिम्मा लिएर हुँदैन, त्यसमा सबैको भूमिका हुन्छ ।”

प्रदेश सभाको कार्यकाल सकिन लागेकोतर्फ सचेत गराउँदै अध्यक्ष तिमिल्सिनाले अब प्रदेशसभाले अहिलेसम्म गरेको कामको समीक्षा गर्नुपर्ने बेला भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?