वैदेशिक रोजगारीमा जाने बढेपछि श्रीलंकामा रेमिटेन्स बढ्यो

हिमालय टाइम्स
Read Time = 3 mins

कोलम्बो । श्रीलंकाली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलंकालीबाट प्राप्त रेमिटेन्सले आर्थिक संकटमा परेको देशमा राहत मिलेको बताउनुभएको छ । उहाँले उनीहरूबाट पठाइएको रेमिटेन्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि जानकरी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

उहाँले वैदेशिक रोजगारीमा गएका श्रीलंकालीबाट प्राप्त भएको रेमिटेन्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो परेको देशमा सहज भएको बताउनुभयो । उहाँले गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिटेन्स रकम १४.६ प्रतिशतले बढेको पाइएको जानकारी दिनुभएको हो ।

उहाँले रेमिटेन्स रकम पठाउने व्यक्तिहरूलाई विशेष धन्यवाद दिनुभएको छ । देश आर्थिक संकटमा परेका बेला विदेश पुगेका नागरिकहरूबाट प्राप्त रेमिटेन्स रकमका लागि विशेष धन्यवाद छ–मन्त्री नानकायराले भन्नुभएको छ । गएको वर्षदेखि आर्थिक संकटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलंकामा वैदेशिक रोजगारीका लागि देश छोडेर जानेहरूको संख्या बढ्दै गएको पाइएको छ । यस वर्षमात्र यहाँका दुई लाखभन्दा बढी व्यक्तिले वैदेशिक रोजगारीका लागि विदेशिएका पाइएको बताइएको छ ।

श्रीलंकाका श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री नानायक्काराले सो कुराको जानकरी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ । उहाँले यसै वर्षको जनवरीदेखि अगष्ट महिनासम्ममा ती नागरिकले श्रीलंकाको वैदेशिक रोजगार विभागमा दर्ता गराएर नै वैदेशिक रोजगारीका लागि गएको जानकारी दिनुभएको हो । उहाँले आइतबार भन्नुभएको थियो यस वर्षमात्र दुई लाखभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि विदेश गएका छन् र अरु पनि दर्ता नै नगराइकन विदेश गएका हुनसक्छन् । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?