काठमाडौं । कलाकार दीपसागर जिसीको निधन भएको छ । उहाँको सोमबार बिहान निधन भएको हो । ४२ वर्षीय उहाँको उपचारका क्रममा काठमाडौंको मध्य बानेश्वरस्थित भेनस अस्पतालमा निधन भएको कलाकार शेरबहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँ मोडल, छायाँकार, निर्देशक तथा शृंगारका रुपमा कला क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो । चलचित्र ‘पुरानो पुस्ता’निर्देशन गर्नुभएका सागरले थुप्रै लोकगीत र सिरियलमा अभिनय पनि गर्नुभएको छ । कला क्षेत्रका वहुविधामा आफूलाई संलग्न गराउँदै आउनुभएका सागर केही समयदेखि मृगौलाको समस्याबाट पीडित हुनुहुन्थ्यो । स्याङजाका दीपसागरले ५० को दशकको अन्त्यतिरबाट कोरस डान्सरका रूपमा करिअर सुरु गर्नुभएको थियो ।
उहाँले चलचित्र ‘नमस्ते डोल्पा’मा नायकको भूमिकामा अभिनय गर्नुभएको थियो । सागरले अभियन गरेको लोकगीत ‘बेनीको बजार’ निकै लोकप्रिय रहेको छ । यस्तै ‘झरनाको त्यो चिसो पानी’, ‘हिउँ प¥यो फुरुरु’, मेरो घान्दु्रक गाउँ’, ‘हङकङ आइडीले’लगायत दुई दर्जनभन्दा बढी गीतको भिडियोमा उहाँले अभिनय गर्नुभएको छ भने एक सयभन्दा बढी गीतका भिडियो निर्देशन गर्नुभएको छ ।
उहाँको सोमबारै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । सागरका एक श्रीमती, एक छोरी र एक छोरा हुनुहुन्छ । दीपसागरको निधनमा लोकदोहोरी क्षेत्रका कलाकारहरूले शोक व्यक्त गरेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको