काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसाहित्य र साहित्यिक कृतिहरूलाई बाहिर ल्याउनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरूलाई संकलन गरी बाहिर ल्याउनुपर्ने बताउनुभएको हो ।
नेपालका अनेकौँ कालदेखिका ज्ञानग्रन्थ, विज्ञानको महत्वलाई संकलन गरी बाहिर ल्याउनुपर्ने भन्दै उहाँले नेपाली सिर्जनाहरू विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्ने कुरालाई विश्वसामु पुर्याएर प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो ।
‘नेपाली भूमि ज्ञान भूमि हो । यस भूमिमा लुकेर बसेको सांस्कृतिक वैभवलाई बाहिर निकालेर विश्वसामु चिनाउन अझै धेरै कामहरू गर्न बाँकी छ । यो भूमिमा अनेकौँ कालदेखिका ज्ञानग्रन्थ, विज्ञानको महत्वलाई उद्घाटन गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘नेपाली समाजका युगौँदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरूलाई संकलन गरी बाहिर ल्याउनुपर्ने छ’, राष्ट्रपति भण्डारीले भन्नुभयो ।
उहाँले प्राज्ञिक विमर्श, अध्ययन, अनुसन्धान गरी विश्वसामु ज्ञान पस्कन प्रतिष्ठानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सामारोहमा उहाँले एक लाख २८ हजारभन्दा बढी शब्द संग्र्रह गरिएको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ र ‘तस्वीरमा नेपाल’ को अंग्रेजी संस्करण लोकार्पण गर्नुभएको थियो । त्यस्तै राष्ट्रपति भण्डारीले राष्ट्रिय कविता महोत्सव २०७९ मा पहिलो हुने टीका आत्रेय, दोस्रो हुने यात्रीप्रकाश पाण्डे, तेस्रो हुने सीता तुम्खेवा लगायतलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका