असोज ६ गतेदेखि नाडा इभी एक्स्पो

Read Time = 2 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले असोज ६ देखि ९ गतेसम्म नेपालमा पहिलोपटक विद्युतीय सवारीसाधन, पार्टपूर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको नाडा इभी एक्स्पो २०२२ आयोजना गर्ने भएको छ ।

काठमाडौंको भृकुुुुटीमण्डपमा हुने एक्स्पोमा नेपाल विद्युत् प्राधिकरण सहयोगी संस्थाका रूपमा सहभागी भएको छ भने युएसएआइडी क्लिन एयरले नलेज पार्टनरका रूपमा इभी चौतारी नामक तीनदिने सूचनामूलक गोष्ठी सञ्चालन गर्ने भएको छ । एक्स्पोको शीर्ष प्रायोजक सिएट टायर रहेको छ भने एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरेको छ ।

वातावरणमैत्री विद्युतीय सवारीसाधनको अपरिहार्यतालाई मनन गर्दै आयोजना गर्न लागिएको एक्स्पोमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लक रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । एक्स्पोमा नौवटा ब्राण्डका चार पांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्राण्डका दुई पांग्रे, तीनवटा ब्राण्डका टायर, दुईवटा ब्राण्डका ब्याट्री, नौवटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी र चारवटा वित्तीय संस्थाको सहभागिता रहने मेला संयोजक अनुपकुमार बरालले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?